टीभीएस मोटर कम्पनीले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय स्तरको स्किल फेस्टमा ३० टेक्नीसियनहरूको उत्कृष्ट प्रदर्शन



Advertisement
Ads

टीभीएस मोटर कम्पनीले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप प्रतियोगितामा नेपालका ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन्। यी टेक्नीसियनहरू देशभरका विभिन्न क्षेत्रबाट छानिएका प्रतिभाशाली व्यक्तिहरू हुन्, जसले मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको उत्कृष्ट प्रदर्शन गरेका छन्।


Advertisement

प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता अभिवृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्व थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरेको हो। सहभागीहरूबाट उत्कृष्ट पाँच टेक्नीसियनको छनोट गरिनेछ, जसले भारतको बेंगलोरमा आयोजना हुने एसिया स्तरको सिप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।


Advertisement

यो प्रतियोगिता विभिन्न देशका उत्कृष्ट टेक्नीसियनहरूलाई एउटै मञ्चमा उभ्याउने, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्ने, र अटोमोटिभ उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आयोजित भएको हो। सहभागीहरूको छनोट उनीहरूले टीभीएस सवारी साधनहरूको मर्मत र सेवा प्रवाहमा देखाएको अद्वितीय दक्षताका आधारमा गरिएको हो।

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको माध्यमबाट टेक्नीसियनहरूको समस्या समाधान क्षमताको परीक्षण गरिएको थियो। यसले टीभीएस मोटरसाइकलको उन्नत प्रविधि र ग्राहक सेवा सीपको मूल्याङ्कन गर्दै उनीहरूलाई आफ्नो प्राविधिक दक्षता प्रदर्शन गर्न मात्र नभई सहकर्मीहरूसँग सिक्ने उत्कृष्ट अवसर पनि प्रदान गर्‍यो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर