प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत अवस्थामा नागरिकता हराएपछि अर्को नागरिकता बनाउनुपरेको स्पष्ट पारेका छन्। पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण कार्यक्रममा उनले दुइटा नागरिकता रहेको भन्दै फैलाइएको भ्रमको खण्डन गरे।
प्रधानमन्त्री ओलीले भूमिगत अवस्थामा नाम र हुलिया परिवर्तन गर्दै हिँड्दा नागरिकता बोकेर हिँड्न सम्भव नभएको बताए। “नागरिकता हराएपछि अर्को बनाएको हुँ, तर बुबा-आमाको नाम त परिवर्तन गर्न सक्दिनँ,” उनले भने।
आफूलाई लिएर विभिन्न अफवाह फैलाइएको उल्लेख गर्दै उनले “बन्चरोले बाउ छोरालाई मारेको”, “अरूको भैँसी चराएको” जस्ता कुराहरू निराधार भएको बताए। “म सामान्य परिवारमा जन्मिएको हुँ, आफ्नै गाई-भैँसी चराएको र आफ्नै खेत जोतेको हुँ,” उनले प्रस्ट पारे।
प्रधानमन्त्री ओलीले आफ्नो परिवार बाढीले घरबार बगाएपछि मधेस झरेको र त्यहीँबाट दुःखका दिन सुरू भएको स्मरण गरे। हदबन्दीपछि जग्गा गुमाएको उल्लेख गर्दै उनले “हाम्रो परिवारले चरम गरिबी भोगेको हो, आजसम्म पनि दुःखका दिन हटेका छैनन्,” भने।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया