SHAREHUBSHAREHUB

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै मेहनत गरेर बनाउनुपर्छ: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ५ गते
AdvertisementAds
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै मेहनत गरेर बनाउनुपर्छ: प्रधानमन्त्री ओली
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर सहकार्य गर्दै नेपाललाई नेपाली आफैले बनाउनु पर्नेमा जोड दिएका छन्।

सोमबार लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले भने, “कुनै पनि देश अरूले आएर बनाइदिँदैन। हामीले नै आफ्ना देशको निर्माण गर्नु पर्छ”।

प्रधानमन्त्री ओलीले चालीस वर्ष अगाडि चीन गरिब मुलुक थियो, तर अहिले आफ्नै मेहनत र प्रविधिको उपयोगबाट सम्पन्न भइसकेको उदाहरण दिँदै भने, “हामीले पनि प्रविधिको सही उपयोग गरेर आफ्नै देशको विकास गर्नुपर्छ”।

उनले “कुन ठाउँमा के उत्पादन हुन्छ भनेर पहिचान गरेर उत्पादन र खेतीमा सुधार ल्याउनुपर्छ, यसले ठूलो परिणाम ल्याउनेछ” भन्ने विचार व्यक्त गरे।

प्रधानमन्त्री ओलीले उद्योग स्थापनाका लागि लगानीको विस्तार र सरकारको सहजीकरण आवश्यक भएको बताएका छन्। उनले भने, “तीन वटै तहका सरकार मिलेर सहकार्य गर्दै लगानी र सूचना प्रविधि क्षेत्रको विकास गर्नुपर्नेछ”।

AdvertisementAds

त्यसैगरी, उनले केन्द्र सरकारले उद्योग र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको भन्दै, “यो अध्यादेश उद्योगी, व्यवसायी र सूचना प्रविधिका क्षेत्रमा नयाँ उत्साह ल्याएको छ, र यसलाई स्वागत गरिएको छ” भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स