कुलमान घिसिङलाई पदबाट हटाएर शाक्य नियुक्त गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

कुलमान घिसिङलाई पदबाट हटाएर शाक्य नियुक्त गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

सरकारले नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्त गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित २७ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरूको जानकारी दिए।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा पूर्व गभर्नर विजय नाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. विश्व पौडेल सदस्य रहनेछन्।

साथै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निदेशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा अर्को सिफारिस समिति गठन गरिएको छ।

1 10 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-the-removal-of-kulman-ghising-from-his-post-and-the-appointment-of-shakya | %tags 2 5 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-the-removal-of-kulman-ghising-from-his-post-and-the-appointment-of-shakya | %tags 3 5 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-the-removal-of-kulman-ghising-from-his-post-and-the-appointment-of-shakya | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स