SHAREHUBSHAREHUB

५२ मिलियन अमेरिकी डलरको सहुलियत ऋण स्वीकार गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २१ गते
AdvertisementAds
५२ मिलियन अमेरिकी डलरको सहुलियत ऋण स्वीकार गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
AdvertisementAds

सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न फेरि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आर्थिक तथा वातावरणीय क्षेत्रसँग सम्बन्धित केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। परम्परागत कोइलरलाई इलेक्ट्रोनिक कोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तारका लागि World Bank बाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, भारतसँग सरकार-सरकार (G2G) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद् बैठकले संसद् भवन परिसरमा प्रवेश व्यवस्थापन लगायतका विषय समेटिएको सिंहदरबार परिसरको गुरुयोजना पनि स्वीकृत गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स