कुलमान घिसिङको बर्खास्ती विषयमा राष्ट्रिय सभामा विपक्षी दलको अवरोध, बैठक स्थगित

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १४ गते
कुलमान घिसिङको बर्खास्ती विषयमा राष्ट्रिय सभामा विपक्षी दलको अवरोध, बैठक स्थगित

राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूले अवरोध प्रदर्शन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन्।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध जारी राखेका छन्।

विपक्षी दलहरूको अवरोध जारी रहँदा अध्यक्ष दाहालले बैठकलाई एक घण्टा पछि बस्नका लागि स्थगित गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स