प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूलाई सरकारले अघि बढाइरहेको सुखी नेपाली, समृद्ध नेपाल अभियानलाई असफल बनाउन प्रयासरत रहेको आरोप लगाएका छन्।
मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार विकासको लक्ष्यमा केन्द्रित रहेको तर विरोधीहरू भ्रम फैलाउने प्रयासमा लागेको बताए।
“वैधानिक, संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्ने हो, तर अहिले त्यस्तो देखिंदैन,” उनले भने। विपक्षीहरूले सरकारको ध्यान भंग गर्न अनावश्यक मुद्दा उठाइरहे पनि सरकारले आफ्ना नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा प्राथमिकता दिएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीका अनुसार, २०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको छ, र पछिल्लो समय सबैले यसको अनुभव गरिरहेका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया