SHAREHUB SHAREHUB

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

Advertisement Ads
सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन
Advertisement Ads

सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। यससँगै, सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादन र सेवाहरू उपलब्ध गराउन अझ प्रभावकारी बनाएको छ।

नयाँ शोरूमहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायत विभिन्न प्रकारका इलेक्ट्रोनिक्स उत्पादहरूको चयन गर्न सक्नेछन्। यसका साथै, अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू पनि उपलब्ध छन्।

शोरूमहरूको उद्देश्य केवल उत्पादको बिक्री मात्र नभई, ग्राहकलाई उत्कृष्ट सेवा, उत्पाद प्रदर्शन, र उत्पादन प्रयोगका बारेमा शिक्षा प्रदान गर्नु हो। यहाँ दक्ष र अनुभवी सेल्स पर्सनहरूबाट ग्राहकहरूले पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन्। विशेष अवसरमा, ग्राहकहरूले ३०% सम्मको छुट पाउनेछन्, जुन सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

नयाँ शोरूमहरूमा Free Cooking Class र Live Demo जस्ता रोचक कार्यक्रमहरूको पनि व्यवस्था गरिएको छ, जसमा सहभागी भई ग्राहकहरूले नयाँ खाना पकाउने कला सिक्न सक्नेछन्।

नेपालका सबैभन्दा ठूला मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा, सीजी डिजिटलले ग्राहकहरूको आवश्यकताअनुसार विभिन्न सुविधा पनि उपलब्ध गराएको छ। यसमा Free Delivery, Free Installation, ON Spot EMI, Exchange Offer, र Loyalty Points जस्ता सुविधाहरू समावेश छन्।

Advertisement Ads

WhatsApp Image 2025 01 12 at 11.55.04 https://bajarkochirfar.com/opening-of-5-new-showrooms-of-cg-digital-at-the-same-time | %tags

WhatsApp Image 2025 01 12 at 11.55.09 https://bajarkochirfar.com/opening-of-5-new-showrooms-of-cg-digital-at-the-same-time | %tagsWhatsApp Image 2025 01 12 at 11.55.08 scaled https://bajarkochirfar.com/opening-of-5-new-showrooms-of-cg-digital-at-the-same-time | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स