प्रधानमन्त्री केपी शर्मा ओलीले युवासंघको राष्ट्रिय स्वयंसेवक भेलामा सम्बोधन गर्दै प्रतिपक्षी दललाई संसदमा जवाफ नदिने अडान राखे। उनले भने, “प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेको थियो, जवाफ दिइसकिएको छ। के संसदमा जवाफ दिने? एउटा हटायो, अर्को नियुक्त गर्यो, र काम सकियो।”
ओलीले प्रतिपक्षी दललाई संसदमा कुनै पनि जवाफ नदिने स्पष्ट दृषटिकोन अपनाएका छन्। उनले थपे, “सरकारले एउटा कर्मचारी निकालेको छ र ठूलो घाटा भयो भने त्यसको विधि अर्को हुन सक्छ, तर संसद बन्द गर्नु भनेको के हो?” उनले प्रतिपक्षी दललाई आग्रह गर्दै भने, “तपाईंहरू सस्तो, हलुका र उत्ताउलो नहुनुहोस्, र प्रधानमन्त्रीसँगको सम्बन्धमा अनावश्यक टिप्पणी नगर्नुहोस्।”
प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई हटाउने निर्णयमा आफूले कुनै अपराध नगरेको स्पष्ट पारे। उनले भने, “तपाईंहरूको पृष्ठभूमि थाहा छ, के गर्नको लागि कहाँ जानुभएको थियो र कहाँ आइपुग्नुभएको छ, त्यो पनि देखिएको छ।” ओलीले थपे, “कोही चिहानबाट नली खुट्टाका हाड निकालेर पुनः लगाउँदै हिँड्नुभएको छ र आफ्ना असफलताका कुण्ठा संसदमा ल्याएर चर्चा गर्न खोज्नुभएको छ।”




















प्रतिकृया