४२ प्रतिशत लाभांश पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ४ गते
४२ प्रतिशत लाभांश पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आफ्नो वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज मिति तोकेको छ। कम्पनीले मंसिर ११ गतेलाई बुकक्लोज मिति निर्धारण गरेको हो।

यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई नामसारी भएका सेयरधनीहरूले साधारण सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्।

एनआरएनले यसअघि हाल कायम चुक्ता पूँजीको ४०% बोनस सेयर तथा कर प्रयोजनका लागि २.१०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, काठमाडौँको आम्रपाली ब्यान्क्वेट, थिरबम सडकमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभामा लाभांश पारित गर्नुका साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स