SHAREHUBSHAREHUB

अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै तिर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
AdvertisementAds
अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै तिर्ने
AdvertisementAds

अबदेखि कुनै पनि कम्पनीले सेयरधनीलाई बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर कम्पनीले नै तिर्नुपर्ने भएको छ। यसको लागि सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाको दशौँ संशोधन गरेको छ। ‘बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरुले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ,’ सेबोनले संशोधित निर्देशिकामा भनिएको छ।

पहिले बोनस सेयर घोषणा भए पनि कर नतिरेसम्म कम्पनीहरूले सेयरधनीको खातामा बोनस सेयर राखिदिन ढिलाइ गर्ने गरेका थिए, जसले लगानीकर्तालाई अनावश्यक झन्झट परेको थियो। नयाँ नियम लागू भएपछि बोनस सेयरमा लाग्ने सबै कर कम्पनीले नै आफ्नो लाभांशबाट काटेर समयमै बुझाउनुपर्नेछ। यसले लगानीकर्ताले कर तिर्न दौडधूप गर्नु नपर्ने र बोनस सेयर रोकिने समस्या पनि हट्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स