अब ‘खल्ती’ वालेटको रकम नबिल बैंकको एटिएमबाट निकाल्न सकिने

अब ‘खल्ती’ वालेटको रकम नबिल बैंकको एटिएमबाट निकाल्न सकिने

अब खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका देशभरका एटिएमबाट कार्डको प्रयोग नगरी सहज रूपमा नगद निकाल्न सक्ने भएका छन्। यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको हो।

सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम ५,००० रुपैयाँ र मासिक २५,००० रुपैयाँसम्म नगद निकाल्न सक्नेछन्। बैंकले वालेट र एटिएम कारोबार प्रणालीलाई जोड्न यो सम्झौता गरेको जनाएको छ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले भने, “नवीनतम प्रविधि प्रयोग गरी ग्राहकलाई सहज सेवा प्रवाह गर्न खल्तीसँग सम्झौता भएको हो। यसले समय बचत र कार्ड व्यवस्थापनको झन्झट हटाउनेछ। नेपालको फिनटेक इकोसिस्टममा हाम्रो प्रतिबद्धता अझ बलियो हुनेछ।”

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणमा महत्वपूर्ण कदम हो।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स