अब एक दिन मात्रै एनआईसी एशिया ग्रोथ फण्ड कारोबार हुने, फागुन २८ मा परिपक्व हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
अब एक दिन मात्रै एनआईसी एशिया ग्रोथ फण्ड कारोबार हुने, फागुन २८ मा परिपक्व हुँदै
Advertisement Ads

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा रहेको सात वर्षे बन्दमुखी एनआईसी एशिया ग्रोथ फण्डको आगामी फागुन २८ गते परिपक्व हुने भएको छ। उक्त फण्ड फागुन २८ गते परिपक्व हुने  भएकाले फागुन २५ गते देखि दोस्रो बजारमा कारोबार नहुने भएको हो । सोही कारण यसको इकाई अब एक दिन मात्रै कारोबार हुने भएको छ । फागुन २५ गतेसम्म कायम रहेका इकाईधनीहरूले मात्र फण्ड खारेजीपछि प्रतिफल पाउनेछन्।

सञ्चालनमा आएपछि यस फण्डले ६ वर्षहरूमा ९.५० प्रतिशत देखि ३० प्रतिशत सम्म नगद प्रतिफल वितरण गरेको छ । ६ वर्षको अवधिमा फण्डले कुल ८५ प्रतिशत प्रतिफल वितरण गरेको हो। फण्डले  पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत, पाचौँ वर्ष १०.५ प्रतिशत र छैठौं वर्षमा ९.५० प्रतिशत प्रतिफल वितरण गरेको थियो । ए

हालसम्म फण्डको इकाई अभौतिकरण गर्न बाँकी भएमा यथाशीध्र अभौतिकरण गर्न र नगद प्रतिफल प्राप्त लिन बाँकी भएकाले हितग्राही खातामा बैंक खाता नम्बर अपडेट गर्न एनआईसी  एशिया क्यापिटलले आग्रह गरेको छ। फण्ड परिपक्व भइसकेपछि इकाईधनीहरूले आफ्नो लगानी बापतको भुक्तानी प्राप्त गर्नेछन्।

NEW PAGE https://bajarkochirfar.com/nic-asia-growth-fund-will-now-be-traded-for-only-one-day-maturing-on-falgun-10 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स