एनआइसी एशिया बैंकको नाफा बढ्यो, खराब कर्जा ७ प्रतिशत

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
एनआइसी एशिया बैंकको नाफा बढ्यो, खराब कर्जा ७ प्रतिशत

एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १०.५२ प्रतिशतले बढेर १२ करोड २१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा एनआइसी एशिया बैंकको खुद ब्याज आम्दानी १०.४२ प्रतिशतले घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी ९.७७ प्रतिशतले घटेर २ अर्ब ७७ करोड रुपैयाँमा सिमित भएको छ। यस्तै सञ्चालन मुनाफा भने ११.३० प्रतिशतले बढेर १९ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब १८ करोड रुपैयाँ छुट्टाएको छ।

बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशतबिन्दुले बढेर ६.९९ प्रतिशतमा पुगेको छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

एनआइसी एशिया बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको छ। गत बर्ष वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड रुपैयाँ ऋणात्मक थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३० पैसाले बढेर ३ रुपैयाँ २१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा रहेको छ।

NICA 1 https://bajarkochirfar.com/nic-asia-banks-profit-increases-bad-loans-down-7-percent | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स