फाल्गुन महिनाको लागी एनआईसी एशिया बैंकको ब्याजदर स्थिर, रेमिट खातामा भने केहि बढ्यो

फाल्गुन महिनाको लागी एनआईसी एशिया बैंकको ब्याजदर स्थिर, रेमिट खातामा भने केहि बढ्यो

एनआईसी एशिया बैंकले फाल्गुन १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले निक्षेप योजनाहरूको नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैंकका विभिन्न बचत खाताहरूमा ब्याजदरमा सामान्य परिवर्तन गरिएको छ भने मुद्दती निक्षेप योजनामा केही वृद्धिसमेत गरिएको छ।

बचत खाताको ब्याजदरमा खासै ठूलो परिवर्तन गरिएको छैन। साथी बचत खातामा ब्याजदर यथावत् ५.१० प्रतिशत कायम राखिएको छ। तर, सर्वोश्रेष्ठ रेमिटेन्स बचत खातामा ६.१० प्रतिशतबाट बढाएर ६.२५ प्रतिशत पुर्‍याइएको छ। अन्य सबै बचत खाताहरूको ब्याजदर ३.१० प्रतिशतमा यथावत् रहेको छ।

मुद्दती निक्षेपमा ब्याजदरको स्थिति:
व्यक्तिगत मुद्दती निक्षेप योजनाहरूमा कुनै परिवर्तन गरिएको छैन। तीन महिनाको निक्षेपमा ब्याजदर ३.५० प्रतिशत यथावत् रहेको छ भने तीन महिनाभन्दा बढी तर बाह्र महिनाभन्दा कम अवधिको निक्षेपमा ४.०० प्रतिशत ब्याजदर कायम राखिएको छ। बाह्र महिना देखि पाँच वर्षसम्मको अवधिका निक्षेपमा ब्याजदर ५.२५ प्रतिशत यथावत् राखिएको छ। पाँच वर्ष वा सोभन्दा लामो अवधिका निक्षेपमा ६.६० प्रतिशत ब्याजदर यथावत् रहेको छ।

संस्थागत मुद्दती निक्षेपमा भने केही परिवर्तन गरिएको छ। छ महिना देखि एक वर्ष अवधिको मुद्दती निक्षेपमा ब्याजदर ३.०० प्रतिशतबाट बढाएर ३.०५ प्रतिशत पुर्‍याइएको छ। यस्तै, एक वर्ष देखि २ वर्ष अवधिको मुद्दती निक्षेपमा ब्याजदर ३.०० प्रतिशतबाट बढाएर ३.५० प्रतिशत पुर्‍याइएको छ। दुई वर्षभन्दा बढी तर पाँच वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा ब्याजदर ३.५० प्रतिशतबाट बढाएर ३.७५ प्रतिशत बनाइएको छ। पाँच वर्ष वा सोभन्दा लामो अवधिका मुद्दती निक्षेपमा भने ब्याजदर यथावत् ५.६० प्रतिशत कायम राखिएको छ।

बैंकले कल डिपोजिटमा ब्याजदर अधिकतम १.५५ प्रतिशत यथावत् रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स