नेपाल एसबिआई बैंकका नव नियुक्त सीईओ तिवारीले कार्यभार सम्हाले
नेपाल एसबिआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओ पदमा रामकुमार तिवारीले कार्यभार सम्हालेका छन्।
सञ्चालक समितिको बैठकले माघ २ गतेदेखि लागू हुने गरी तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिसकेको थियो।
भारतीय स्टेट बैंक (एसबिआई) ले आफ्नो सीईओ दीपककुमार देलाई उच्च जिम्मेवारीका लागि माघ २ बाट सीईओ पदबाट मुक्त गराएपछि तिवारीले सीईओको जिम्मेवारी सम्हालेका हुन्।
यसअघि तिवारी नेपाल एसबिआई बैंकमा जनरल म्यानेजर पदमा कार्यरत थिए।