स्वास्थ्य बिमामा नयाँ नियम: अब वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी सेवा पाउने, किन घट्यो सुविधा ?

स्वास्थ्य बिमामा नयाँ नियम: अब वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी सेवा पाउने, किन घट्यो सुविधा ?

स्वास्थ्य बिमा बोर्डले बहिरंग (ओपीडी) सेवा सुविधा घटाउने निर्णय गरेको छ। बोर्डले व्ययभार कम गर्ने उद्देश्यले फागुन १ गतेदेखि बिमा सेवा सुविधा परिवर्तन गर्ने निर्णय गरेको हो। अब स्वास्थ्य बिमा गराएका एक परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी सेवा पाउनेछन्।

यो निर्णय गत २४ पुसमा बसेको बोर्ड बैठकमा गरिएको थियो र सोमबार सूचना जारी गर्दै सार्वजनिक गरिएको हो। बीमितले अब एक आर्थिक वर्षमा बहिरंग सेवामा अधिकतम २५ हजार रुपैयाँको उपचार सुविधा पाउने सूचनामा भनिएको छ। अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारका लागि भने हालको व्यवस्था अनुसार सुविधा जारी रहने बोर्डले जनाएको छ। बोर्डका अनुसार उपचार खर्चमा सबैभन्दा बढी ओपीडीमा हुने भएकाले यस सेवा घटाइएको हो।

पहिल्यै बोर्डले सात जनाको परिवारबाट ३,५०० रुपैयाँ वार्षिक शुल्क लिएर करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो। अस्पतालहरूसँगको भुक्तानी रकम बढी भएको कारण बोर्डले सेवा सुविधा घटाउने निर्णय गरेको बताइएको छ। हाल अस्पतालहरूलाई ११ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

यद्यपि, आठ प्रकारका कडा र दीर्घकालीन रोगको उपचार भने हालको व्यवस्था अनुसार नै उपलब्ध रहने बोर्डले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स