instainsta

आईएमई–खल्तीमा नयाँ नेतृत्व: प्रवीण रेग्मी सीईओ, पूर्व सीईओ विनय खड्का नयाँ फिनटेक स्टार्टअपतिर

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १ गते
आईएमई–खल्तीमा नयाँ नेतृत्व: प्रवीण रेग्मी सीईओ, पूर्व सीईओ विनय खड्का नयाँ फिनटेक स्टार्टअपतिर
AdvertisementAds

देशको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक आईएमई–खल्ती लिमिटेडले नयाँ नेतृत्व पाएको छ। कम्पनीको सञ्चालक समितिले प्रवीण कुमार रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। कम्पनीमा विनय खड्काको कार्यकाल टुंगिएसँगै नेतृत्व परिवर्तन भएको हो।

खड्का खल्ती र आईएमई पेको सफल मर्जरपछि संयुक्त कम्पनीका सीईओ बनेका थिए। त्यसअघि उनी खल्तीको नेतृत्वमा रहँदा खल्तीलाई सर्वसाधारणको मुख्य वालेटको विकल्पमा उभ्याउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए। विशेषगरी उनको नेतृत्वमा खल्तीले युवा पुस्तामाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको थियो। खड्काले डिजिटल वालेटलाई केवल भुक्तानी एप मात्र  नबनाएर ‘युवा–मैत्री लाइफस्टाइल एप’ जत्तिकै बनाउने रणनीति लिएका थिए।

त्यही अवधिमा खल्तीले चलचित्रको टिकट, इभेन्ट टिकट, डिजिटल मनोरञ्जन सेवाहरू र युवालाई आकर्षित गर्ने थुप्रै फिचरहरू थपेको थियो। डिजिटल भुक्तानीको बढ्दो भोल्युमसँगै युवा पुस्ताको दैनिक जीवनमा खल्तीले खास स्थान ओगट्न थालेको श्रेय खड्काको नेतृत्वलाई दिइन्छ।

नवनियुक्त सीईओ प्रवीण रेग्मी पहिले आईएमई पेको सीईओ थिए। मर्जरपछि उनले कम्पनीको सञ्चालकको भूमिका सम्हालेका थिए। अब भने उनले कार्यकारी नेतृत्व सम्हाल्दै आईएमई–खल्तीलाई नयाँ चरणमा लैजाने जिम्मेवारी पाएका छन्।

इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन इंजिनियरिङमा स्नातक र बिजनेस एडमिनिस्ट्रेशनमा स्नातकोत्तर गरेका रेग्मीको बैंकिङ र फाइनान्स प्रबिधिमा डेढ दशकभन्दा धेरै अनुभव छ।

‘कोर फाइनान्सियल सर्भिसेस’ स्टार्टअपमा केन्द्रित हुन्छु: विनय खड्का

पूर्व सीईओ विनय खड्का अब फिनटेक क्षेत्रमै नयाँ यात्रा सुरु गर्ने भएका छन्। बजारको चिरफारसँगको संक्षिप्त कुराकानीमा खड्काले आफ्नो नयाँ कम्पनी “कोर फाइनान्सियल सर्भिसेस”मा नै केन्द्रित हुने बताए।

“अहिले हामी संरचना र योजना बनाइरहेका छौँ। फिनटेकमा अझै धेरै सम्भावना छ। डिजिटल लोन, बैंकिङ समाधान र डेटा–आधारित सेवामा धेरै काम गर्न सकिन्छ। नयाँ कम्पनीले यिनै क्षेत्रमा ध्यान दिनेछ।” खड्काले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स