दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
आज नेप्से परिसूचक १३.६९ अङ्कले घटेर २६६४.४७ मा बन्द भएको छ। १३ उपसमूह मध्ये १ उपसमूह बाहेक सबै घटेका छन् । आज ९ अर्ब ९० करोड कारोबार भएको छ। यस दिन ३०७ कम्पनीका २ करोड २० लाख हजार सेयर कारोबार हुँदा राधि बिद्युतको सर्वाधिक कारोबार भएको छ।
नेप्से १३.६९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १३.६९ अङ्कले घट्दा ७७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: बुटवल पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, पियोर इनर्जी र रिभर फल्स रहेको छ।

नेप्से १३.६९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १३.६९ अङ्कले घट्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, उन्नति सहकारी लघुवित्त, हिमालयन पावर पाटनर, बोटलर्स नेपाल रहेको छ।