नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलनको उद्देश्य देशको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्नु र आर्थिक रूपान्तरणमा योगदान पुर्याउनु हो। सम्मेलन सानेपामा आयोजना हुने छ, जहाँ उद्योग र उद्यमशीलता क्षेत्रका क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहनेछ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा नवप्रवर्तन, स्टार्टअप लगानी, महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन, र आर्थिक रूपान्तरणका चुनौतीहरूको विश्लेषण गर्ने विषयमा छलफल हुनेछ।
सम्मेलनमा ८० भन्दा बढी स्टल र ६,000 भन्दा बढी सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। यस सम्मेलनमा विशेष छलफलका क्षेत्रहरूमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे चर्चा हुनेछन्।
सम्मेलनले स्टार्टअपमा लगानीका अवसर र चुनौतीहरूको विश्लेषण गर्दै नीति सुधारको पक्षमा पनि आवाज उठाउनेछ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया