नेपालले अब आर्थिक छलाङ मार्छ, निजी क्षेत्र डराउनु पर्दैन: अर्थमन्त्री डा. वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २० गते
नेपालले अब आर्थिक छलाङ मार्छ, निजी क्षेत्र डराउनु पर्दैन: अर्थमन्त्री डा. वाग्ले
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल अब आर्थिक विकासको नयाँ युगमा प्रवेश गर्न लागेको बताएका छन्। बाह्रखरी मिडियाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपालको अहिलेको अवस्था १० वर्षअघिको भारतको जस्तै रहेको र अब तीव्र वृद्धिको पालो नेपालको भएको बताए।

उनका अनुसार सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १५ सय डलर हुँदा जसरी त्यहाँ आर्थिक क्रान्ति सुरु भएको थियो, अहिले नेपाल पनि ठ्याक्कै त्यही बिन्दुमा आइपुगेको छ। भारतले पछिल्लो दशकमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने विश्वास उनले व्यक्त गरे।

वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै मन्त्री वाग्लेले लगानीकर्ताहरूलाई ढुक्क हुन आग्रह गरे। विगतमा राजनीतिज्ञ र केही सीमित व्यवसायीको अस्वस्थ सम्बन्धले व्यापारिक वातावरण बिगारेको उल्लेख गर्दै उनले अब त्यस्तो ‘नीतिगत कब्जा’ अन्त्य हुने बताए।

“हामी कानुन कार्यान्वयनमा कठोर हुनेछौँ,” मन्त्री वाग्लेले भने, “तर इमानदार उद्यमीहरू डराउनुपर्दैन। आगामी बजेटले निजी क्षेत्रको लगानी, सम्पत्तिको सुरक्षा र व्यावसायिक सम्झौताको पालनालाई उच्च प्राथमिकता दिनेछ।”

सरकारले आगामी ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्‍याउने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने लक्ष्य राखेकोजानकारी उनले दिए।

नेपाल भूपरिवेष्टित देश भएकाले भौगोलिक कठिनाइलाई जित्न ‘डिजिटलाइजेसन’ नै मुख्य हतियार हुने मन्त्री वाग्लेको तर्क छ। सूचना प्रविधिलाई प्राथमिकता दिनकै लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने विश्वास उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स