नेपाल वेयरहाउजीङ कम्पनीले वार्षिक साधारणसभा आगामी जेठ ८ गते बोलाएको छ। वैशाख ११ गते बसेको संचालक समितिको बैठकले सभा काठमाडौँको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा आयोजना गर्ने निर्णय गरेको छ।
सभामा २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने निर्णय गरेको छ। सभाले आगामी २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ। यसपटक कम्पनीले कुनै लाभांश प्रस्ताव गरेको छैन।
त्यसैगरी, कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न निर्देशन भएमा वा आवश्यकता परेमा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ। साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार वैशाख २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया