नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १६ गते
नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । असोज १५ गते बसेको कम्पनीको  सञ्चालक समितिको बैठकले सभा अमृतभोग क्याटरर प्रालि, कालिकास्थान, काठमाडौंमा दिउँसो ३ बजे सुरु गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले घोषणा गरेको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुनेछ । साथै, प्रबन्धपत्र  तथा नियमावली संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट, संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

विशेष साधारण सभा  प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।बुक क्लोजको आधारमा कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स