नेपाल वेयरहाउजिङ्ग कम्पनीले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् प्रस्तावहरु

नेपाल वेयरहाउजिङ्ग कम्पनीले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् प्रस्तावहरु

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठक पुस २४ गते बसेको थियो, जसले फागुन १ गते बाराको जितपुरसिमरा–२ स्थित होटल श्रेष्ठ रेसिडेन्सी प्रा.लि. मा दिउँसो २ बजे सातौं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ।

कम्पनीले सेयरधनीलाई कुनै लाभांश प्रस्ताव नगरेको बताएको छ। साधारणसभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, साथै वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहजस्ता वित्तीय विवरणहरू पारित गर्नेछ।

त्यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको उद्देश्य थप्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, र आवश्यक परे प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीमात्रै सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स