नेपाल टेलिकमको हिजो पारित नगद लाभांश आजैबाट पठाउन सुरू



Advertisement
Ads
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना सेयरधनीलाई आज पुस २९ गते सोमबारबाट नगद लाभांश वितरण सुरु गरेको छ। आइतबार (पुस २८ गते) साधारण सभा सम्पन्न गरेपछि टेलिकमले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ३० प्रतिशत नगद लाभांश पठाउन थालेको हो।

यसका साथै, कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिक गर्न आग्रह गरेको छ। खाता अद्यावधिक भएपछि मात्र लाभांश प्राप्त हुनेछ। पुस २८ गते सम्पन्न साधारण सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर