नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव पारित गरेको हो। लाभांश वितरणका लागि अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि प्रस्ताव साधारण सभामा पेश गरिनेछ।
लाभांश प्रस्ताव स्वीकृत गर्न कम्पनीले पुस २८ गते, आइतबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान १० बजे सुरु हुने यस सभाले लाभांश प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १८ देखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया