नेपाल प्रहरीले माग्यो १५९४ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाल प्रहरीले माग्यो १५९४ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाली प्रहरीले नयाँ भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न पदमा गरी कुल १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

यसमध्ये १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीमा हजाम ११ जना र कुचीकार १५ जना तथा खेलाडी १५ जना रहनेछन्। प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरिएको हुनुपर्नेछ भने प्रहरी कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्न जान्ने योग्यता तोकिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्। जवान, हजाम र कुचीकारका लागि सातै प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रहरी परिसरमा फाराम बुझाउन सकिनेछ भने खेलाडीका हकमा दरखास्त राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौंमा बुझाउनुपर्नेछ। दरखास्त शुल्क जनपदतर्फ तीन सय रूपैयाँ तोकिएको छ।

साथै एकभन्दा बढी समूहमा दरखास्त दिए प्रत्येक थप समूहका लागि ६० रूपैयाँ थप लाग्नेछ। खेलाडीका हकमा दस्तुर दुई सय रूपैयाँ रहेको छ भने थप समूहमा दरखास्त गर्दा अतिरिक्त ४० रूपैयाँ तिर्नुपर्ने व्यवस्था छ।

police 1758850275 scaled https://bajarkochirfar.com/nepal-police-has-requested-1594-employees-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स