नेपाल आयल निगमको लाभांश घोषणा, कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
नेपाल आयल निगमको लाभांश घोषणा, कति दिँदैछ ?

नेपाल आयल निगम लिमिटेडले लाभांश घोषणा गरेको छ। निगमको चैत ४ गतेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश पारित गर्न निगमले चैत २९ गते दिउँसो १ बजे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार, काठमाडौंमा साधारणसभा आह्वान गरेको छ।

सभामा लेखापरीक्षाको प्रतिवेदन, गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरू छलफल गरी पारित गरिनेछ। साथै, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि सभाले टुंगो लगाउनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स