नेपाल ल्यूब आयलले २१ प्रतिशत लाभांश दिने

नेपाल ल्यूब आयलले २१ प्रतिशत लाभांश दिने
Advertisement Ads

नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। यस प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे आफ्नो ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले बोनस सेयरसँगै कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, तथा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले असोज १२ देखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। असोज ९ गतेसम्म नेप्सेमा कारोबारमा रहेका शेयरधनीले सभा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।

DIVIDEND FY 8182 2 1 https://bajarkochirfar.com/nepal-lube-oil-to-pay-21-percent-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स