‘नेपाल फिनटेक एक्स्पो २०२६’ भोलिदेखि सुरु हुँदै, यसरी हुन सकिन्छ सहभागी

‘नेपाल फिनटेक एक्स्पो २०२६’ भोलिदेखि सुरु हुँदै, यसरी हुन सकिन्छ सहभागी

फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ भोलिदेखि सुरु गर्ने भएको छ। एक्स्पो २०२६ जनवरी २ र ३ (पौष १८ र १९) मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ।

‘टेक इनोभेटरलाई भेट्न बैंक र वित्तीय संस्थाहरूको लागि साझा प्लेटफर्म’ नारासहित आयोजना हुन लागेको यो एक्स्पो नेपालमा पहिलो पटक पूर्ण रूपमा फिनटेकमा केन्द्रित भव्य मेला हुने आयोजकले जनाएको छ। एक्स्पोको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ।

एक्स्पोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस तथा उद्योग–केन्द्रित ज्ञान–सत्रहरू समावेश गरिनेछ। टेक कम्युनिटीका लागि ‘फस्ट–कम, फस्ट–सर्भ’ आधारमा निःशुल्क टेबलको व्यवस्था गरिएको छ, जसले स्थानीय इनोभेटर र प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा ४ हजारभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पुँजी तथा लगानी क्षेत्र, आईटी तथा सफ्टवेयर कम्पनी, फिनटेक तथा टेक स्टार्टअप, सरकारी तथा नियामक निकाय, दातृ संस्था, अन्तर्राष्ट्रिय प्रतिनिधि र सम्भावित लगानीकर्ताको सहभागिता रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स