नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच सहकार्य समझदारीमा हस्ताक्षर

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच सहकार्य समझदारीमा हस्ताक्षर

नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (एनएससिसिआई) र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शबीच व्यापार, लगानी, संयुक्त उद्यम तथा औद्योगिक सहयोगलाई प्रवद्र्धन गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यो सम्झौतामा नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेसेडर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थिति रहेको थियो। जुम मिटिङमार्फत् एनएससिसिआईका महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत एम. शिहम मारिकरबीच सम्झौता सम्पन्न भएको हो।

चमेरा मुनासिंघेले यो सम्झौताले दुई मुलुकबीच व्यवसायिक गतिविधि थप बलियो हुने विश्वास व्यक्त गरेकी छिन्।

आउँदो सेप्टेम्बर १८ देखि २१ सम्म श्रीलंकामा आयोजना हुन लागेको इण्डष्ट्रियल एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुनेछन्। साथै, आगामी दिनमा नेपालमा पनि यस्तै प्रकारको एक्स्पो आयोजना गरिने र श्रीलंकाका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

सम्झौतापत्रले दुई पक्षबीच सेवा, औद्योगिक सहयोग, व्यापार, लगानी, भ्रमण र व्यवसायिक समूहहरूको आदानप्रदान बढाउने उद्देश्यलाई समेटेको छ। यस अन्तर्गत, सदस्यहरू व्यक्तिगत तथा सामूहिक रूपमा एकअर्काको मुलुक भ्रमण गर्न सक्नेछन् जसले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधिमा वृद्धि गर्नेछ।

अतिरिक्त रूपमा, व्यापार, लगानी, सेवा र व्यापारिक सम्बन्धका विषयमा नियमित छलफल हुने र सम्भावित व्यापार प्रवद्र्धन गन्तव्यहरूमा थप काम गर्ने योजना पनि सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रले व्यापार मेला, प्रदर्शनी लगायतका कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने, सूचना आदानप्रदान गर्ने र सदस्यहरूलाई यस्ता कार्यक्रममा सहभागिताका लागि प्रोत्साहित गर्ने कुरामा पनि सहमति गरेको छ।

सम्झौताका कार्यान्वयनका लागि दुवै पक्षले नेपाल र श्रीलंकामा एकअर्काको कार्यालय र सचिवालय सुविधाहरूको उपयोग गर्न सहमति जनाएका छन्। साथै, व्यापार विवाद समाधानका लागि आवश्यक सहयोग गर्ने व्यवस्था पनि गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स