नेपाल वायुसेवा निगमले बिहीबार सूचना प्रकाशित गर्दै प्राविधिक समूह अन्तर्गत विभिन्न पदहरूमा करार सेवाका लागि ४४ जना कर्मचारी माग गरेको छ। निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटर पदमा २० जना गरी कुल ४४ जना कर्मचारीको माग गरेको हो।
उक्त पदका लागि आवेदकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाका लागि अधिकतम उमेर सीमा ४० वर्ष तोकिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले असार १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
परीक्षा दस्तुर पाँचौं र चौथो तहका लागि ५०० रूपैयाँ तथा तेस्रो तहका लागि ४०० रूपैयाँ निर्धारण गरिएको छ।


प्रतिकृया