नाउपाले गर्यो सरकारलाई दिएको समर्थन फिर्ता, अब प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने

नाउपाले गर्यो सरकारलाई दिएको समर्थन फिर्ता, अब प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको पार्टी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

नाउपा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले सभामुख देवराज घिमिरेलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएकी थिइन्। सभामुखको सचिवालयका अनुसार संसद सचिवालयका महासचिवसमक्ष फिर्ताको पत्र दर्ता भइसकेको छ।

सरकारलाई समर्थन फिर्ता लिएकासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि सरकारबाट हट्ने भएका छन्।

संविधानको धारा १००(२) अनुसार दल विभाजन वा समर्थन फिर्ता भएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। त्यस अनुसार अब प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

यस्तो छ नियम 

bishwas 1751791438 https://bajarkochirfar.com/naupa-withdraws-support-to-government-now-pm-oli-must-seek-vote-of-confidence | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स