सरकारबाट बाहिरिँदै नाउपा, अरुण चौधरीले पनि आजै राजीनामा दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २२ गते
सरकारबाट बाहिरिँदै नाउपा, अरुण चौधरीले पनि आजै राजीनामा दिने

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघीय सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ। शनिबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। श्रेष्ठका अनुसार अब नाउपा सरकारको हिस्सा रहने छैन, र प्रतिनिधिसभामा प्रतिपक्षको भूमिकामा रहनेछ। नाउपाबाट हाल संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका सांसद अरुणकुमार चौधरीले पनि आजनै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

यसअघि नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्री रामेश्वर चौधरीलाई बिना छलफल हटाइएकोमा पार्टी असन्तुष्ट बनेको थियो। पावर टिलर वितरणमा अनियमितता र खप्तड क्षेत्र पर्यटन विकास समितिमा चलखेलको आरोप लागेपछि मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई राजीनामा दिन भनेका थिए। तर, राजीनामा नदिएपछि चौधरीलाई बर्खास्त गरियो। यही घटनाक्रमको प्रतिक्रिया स्वरूप नाउपाले सुदूरपश्चिममा मात्र होइन, संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

संघीय संसदको प्रतिनिधि सभामा नाउपाका चार जना सांसद रहेका छन्। पार्टीले आज (आइतबार) सरकारलाई आफ्नो निर्णयबारे औपचारिक जानकारी गराउने छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स