राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकले धनुषा जिल्ला स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्ला स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय झलारी, कैलाली जिल्ला स्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं जिल्ला स्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्ला स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्ला स्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्ला स्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्ला स्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको हो।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ । साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया