नबिल बैंकले फोन लोन लिई समयमै नतिर्ने ७४ जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ।
पटकपटक ताकेता गर्दासमेत कर्जा नतिरेमा कर्जा सूचना केन्द्र (CIB) को कालोसूचीमा समावेश गर्ने र कानुनी कारबाही अघि बढाउने चेतावनी बैंकले दिएको छ।
३५ दिनभित्र सम्पूर्ण कर्जा चुक्ता गर्न निर्देशन दिँदै बैंकले समयमै साँवा, ब्याज तथा अन्य शुल्क तिर्न आग्रह गरेको छ। बैंकका अनुसार सम्झौताअनुसार कर्जा तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि कतिपय ऋणीहरूले आलटाल गरिरहेका छन्।
आर्थिक अनुशासन कायम राख्न बैंकले यस्तो कदम चालेको हो, र समयमै कर्जा नतिरे भविष्यमा कुनै पनि बैंकबाट ऋण पाउन कठिनाइ हुने चेतावनी दिएको छ।


प्रतिकृया