नबिल बैंकको सीईओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको सीईओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामु सीईओमा मनोज ज्ञवाली नियुक्त
Advertisement Ads

नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले दिएको राजिनामा स्वीकृत गर्दै बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई कामु सीईओको रूपमा नियुक्त गरेको छ।

बुधबार बिहान साढे ८ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजिनामा स्वीकृत गर्दै ज्ञवालीलाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

ढुङ्गानाले चैत्र १० गतेदेखि लागू हुने गरी राजिनामा दिएका थिए। उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदको दौडमा सामेल हुनका लागि सीईओ पद त्यागेको बताइएको छ।

नबिल बैंकमा २०७७ जेठमा नायब महाप्रबन्धकका रूपमा प्रवेश गरेका मनोज ज्ञवाली महाप्रबन्धक, डेपुटी सीईओ हुँदै सिनियर डेपुटी सीईओ बनेका थिए। बैंकिङ क्षेत्रमा लामो अनुभव रहेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्टसमेत हुन्।

485092326 1606514737404528 533560867007191831 n https://bajarkochirfar.com/nabil-bank-ceo-dhunganas-resignation-accepted-manoj-gyawali-appointed-as-acting-ceo | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स