SHAREHUBSHAREHUB

सांसद मोदीको प्रश्न, “मापदण्ड नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर बनाउने जिम्मा कसरी दिइयो?”

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
AdvertisementAds
सांसद मोदीको प्रश्न, “मापदण्ड नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर बनाउने जिम्मा कसरी दिइयो?”
AdvertisementAds

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी मापदण्ड नपुगेको कम्पनीलाई दिइयो भनी प्रश्न उठाएका छन्।

चिनियाँ कम्पनी जेसीईले जलविद्युत् आयोजना निर्माण अनुभव देखाउन फर्जी कागजात पेस गरेको उजुरी सार्वजनिक लेखा समितिमा छलफल भयो। जसमा हेजाउ कम्पनीको नाम र छाप नक्कली प्रयोग गरिएको पाइएको छ।

यस विवादका कारण आयोजनाको काम रोकिएको छ र सार्वजनिक लेखा समिति, अदालत र अख्तियारमा उजुरी परेको छ। मोदीले ठेक्का प्रक्रियामा भ्रष्टाचार र कमिसनको गम्भीर आरोप लगाउँदै प्राविधिक मूल्यांकन प्रक्रियामा पनि त्रुटि भएको बताएका छन्। जगदुल्ला आयोजनाको लागत करिब २३ अर्ब रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स