नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि माइक प्रहार गरेकी छन्। बुधबार बसेको समितिको बैठकमा विवाद चुलिँदा कुसारीले माइकसहित आफ्नो नेमप्लेटसमेत प्रहार गरेकी हुन्, यद्यपि ती सभापति साहसम्म पुगेनन्।
सभापति साहका अनुसार सांसद कुसारी बैठकमा ढिलो आएपछि बिना अनुमति बोल्न थालिन्। उनले रोकेपछि सांसद कुसारी आक्रोशित भइन् र माइक उठाएर प्रहार गरिन्। “उहाँले मलाई नै हान्नुभयो, तर म तिर आएन, सांसदहरू तिर गयो,” साहले बताए।
सांसद कुसारीले पनि आफूले माइक हानेको स्वीकार गरेकी छन्। “हानेकै हुँ, तर लागेन,” उनले भनिन्। साथै उनले समितिमा अब या त सभापति साह रहनु पर्ने या आफू—दुबै रहन नसक्ने बताउँदै असहमति सार्वजनिक रूपमा प्रकट गरिन्।
यस घटनापछि संसदीय मर्यादा र व्यवहारको विषयमा गम्भीर प्रश्न उठ्न थालेको छ। सामाजिक सञ्जालमा सांसदहरूको संयमता हराउँदै गएको, र असहिष्णुता बढ्दै गएको टिप्पणीहरू देखा परेका छन्।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया