नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रलाई विश्व बजारमा विस्तार गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्। उनका अनुसार पछिल्ला वर्षमा आइटी क्षेत्रमा भएका नीतिगत सुधार र राष्ट्र बैंकका निर्णयले नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा पखेटा फैलाउने आधार तयार पारेका छन्।
सामाजिक सञ्जालमार्फत अर्थ मन्त्रालयले कम्पनी दर्ता सहज बनाउने, वैदेशिक लगानीको सीमा संशोधन गर्ने र कर प्रणालीलाई विश्वसनीय बनाउने सुधारको परिणामस्वरूप आइटी क्षेत्रमा वैदेशिक लगानी तीव्र रूपमा बढेको गभर्नर पौडेलले बताएका छन्। दुई वर्षअघि करिब ४० वटा मात्र आइटी कम्पनी सञ्चालनमा थिए भने अहिले झन्डै ४०० कम्पनी दर्ता भइसकेका छन्।
राष्ट्र बैंकका सुधारले निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिएको छ भने निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार डलरसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ। वैदेशिक लगानीकर्ताले नाफा विदेश लैजान राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने व्यवस्था पनि गरिएको छ, जसले लगानी वातावरण थप सहज बनाएको गभर्नरको दाबी छ।
पौडेलले युवाहरूलाई नयाँ उत्पादन विकास गर्न र विश्व बजारमा आँखा लगाउन आह्वान गर्दै भने, “ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुस्, विश्व बजारमा आँखा लगाउनुस्। पखेटा फैलाउनुस्, मेहनत गर्नुस्—नेपालबाटै जित्नलाई संसार हुनेछ।”












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)








![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया