माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले यस अवधिमा ५१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यस अवधिमा ३५ करोड ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढ्नु र बीमा दाबीको भुक्तानीले कम्पनीको नाफामा उल्लेख्य वृद्धि देखिएको हो। पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ७९ करोड ८१ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.५४ प्रतिशतले बढी हो। साथै, गत जेठमा बाढीका कारण भएको क्षतिको बीमा दाबी वापत कम्पनीले ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३९.३४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड रहेको छ भने कम्पनीको सञ्चित मुनाफा १ अर्ब २४ करोड रहेको छ ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया