प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा र माउन्ट एभरेस्टको नामबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। कोशी प्रदेशको लगानी सम्मेलनलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै उनले सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ राखिएकोमा प्रश्न उठाए।
प्रधानमन्त्री ओलीले भने, “एभरेस्ट नाम एक जना ब्रिटिश नापी अधिकृतको नाममा राखिएको हो, जुन व्यक्तिले सगरमाथा होइन, ल्होत्सेलाई अग्लो भनेर उल्लेख गरेका थिए।” उनले ती व्यक्ति सगरमाथा चढ्न नपुगेका मात्र होइन, सबैभन्दा अग्लो चुचुरो भनेर पनि उनले सगरमाथा पहिचान नगरेको स्पष्ट पारे।
“उनीहरूले न त सगरमाथा चढेका थिए, न नै सगरमाथा नै सबैभन्दा अग्लो हो भन्ने ठहर गरेका थिए। यस्तो अवस्थामा सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ भन्नु नक्कली नाम हो,” प्रधानमन्त्री ओलीले भने। साथै उनले नेपालीहरूले अब ‘माउन्ट एभरेस्ट’ होइन, आफ्नो मौलिक नाम ‘सगरमाथा’ नै प्रयोग गर्नुपर्नेमा जोड दिए।




















प्रतिकृया