१० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी ब्याजमा सकियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
१० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी ब्याजमा सकियो

चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा सरकारले करिब ४ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाउँदा ३ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी ऋणको साँवा र ब्याज भुक्तानी गरिसकेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित वैशाख मसान्तसम्मको प्रतिवेदनअनुसार चालु वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा १० महिनामा थप १ खर्ब ८८ अर्ब ३० करोड ऋण उठाउँदै कुल ऋण २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हो।

कुल सार्वजनिक ऋणमध्ये ५१.६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड वैदेशिक र ४८.३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड आन्तरिक ऋण रहेको छ।
वैशाख महिनामा ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी भएकाले अघिल्लो महिनाको तुलनामा कुल ऋण दायित्व घटेको कार्यालयले जनाएको छ। चैत मसान्तसम्ममा कुल ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रहेको थियो।

सरकारले चालु वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ३ खर्ब ९० अर्ब ८३ करोड उठाइएको छ, जुन कुल विनियोजनको ७६.४९ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको आधारमा ऋण सेवा खर्च ५.०५ प्रतिशत पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स