स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी मापदण्डअनुसार लागू गर्न निर्देशन दिएको छ।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार देशभरका सरकारी अस्पताल, मेडिकल कलेज, र सामुदायिक निजी अस्पतालहरूलाई पत्र लेखी स्वास्थ्यकर्मीको सेवा र सुविधाको व्यवस्था सुनिश्चित गर्न भनिएको छ।
निर्णयमा अतिरिक्त समयमा गरिने कामका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूले करार (नियुक्ति सम्झौता) गरी मात्र स्वास्थ्यकर्मीहरूलाई नियुक्त गर्न सक्ने, ज्यालादारीमा काम गराउन नपाइने, र सक्कल शैक्षिक प्रमाणपत्रहरू कार्यालयमा राख्न नपाइने स्पष्ट गरिएको छ।
स्वास्थ्यकर्मीहरूलाई अनुभवको पत्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने, र नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत मात्र प्रदान गर्नुपर्ने पनि निर्णयमा समेटिएको छ।















प्रतिकृया