SHAREHUB SHAREHUB

बालेन शाहप्रति मन्त्री पाठक असन्तुष्ट: भने, “के हो भाई तिम्रो पारा ?”

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
Advertisement Ads
बालेन शाहप्रति मन्त्री पाठक असन्तुष्ट: भने, “के हो भाई तिम्रो पारा ?”
Advertisement Ads

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री पाठकले बालेनप्रति आफ्नो असन्तोष व्यक्त गरेका छन्। बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै स्टाटस लेखेपछि पाठकले यसमा प्रतिवाद गरेका हुन्।

पाठकले बालेनमाथि प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसकेको, छानबिन समितिको प्रतिवेदन लुकाएको र बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन्।

उनले थपेका छन्, “के हो बालेन भाई तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं । नियम, कानुन र कार्यबिधी भन्दा माथि कोही हुदैन र तिमिपनी छैनौ । चार भागको एकभाग पनि पुजिगत खर्चगर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्काकुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाई।”

download 21 https://bajarkochirfar.com/minister-pathak-is-dissatisfied-with-balen-shah-what-is-your-problem-brother | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स