मन्त्री पाण्डेले भने, “तत्काल मन्त्रिपरिषद हेरफेर हुँदैन्, बाहिरी हल्ला मात्रै हो”

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ६ गते
मन्त्री पाण्डेले भने, “तत्काल मन्त्रिपरिषद हेरफेर हुँदैन्, बाहिरी हल्ला मात्रै हो”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हाल मन्त्रिपरिषद् हेरफेरको कुनै तयारी नरहेको बताएका छन्। सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले मन्त्री फेरबदलको चर्चा केवल हल्ला मात्र भएको स्पष्ट पारे।

“मन्त्री हेरफेरको विषय सत्ता साझेदार दलहरूबीच छलफलमा आएको छैन,” उनले भने, “यो हल्ला मात्रै हो। न कांग्रेस सभापति न प्रधानमन्त्रीबाट यस्तो संकेत आएको छ।”

मन्त्री पाण्डेका अनुसार सरकार अझै कम्तीमा एक वर्ष कायम रहनेछ र हालको सत्ता गठबन्धन २०८४ सालसम्म जाने विश्वास व्यक्त गरे। “प्रधानमन्त्रीले सबै मन्त्रालयलाई तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ,” उनले थपे।

फरक प्रसङ्गमा मन्त्री पाण्डेले भरतपुर विमानस्थलको विस्तारका क्रममा केही जटिलता रहेको जानकारी दिए। “सरोकारवाला निकाय र सेनासँग छलफल भइरहेको छ,” उनले भने, “नागरिक उड्डयन प्राधिकरणको हालको बजेटमा यो विस्तार योजना समावेश गरी काम अघि बढाइनेछ।”

कोरोना महामारीपछि घटेको पर्यटक आगमन पछिल्ला दिनमा फेरि बढ्न थालेको मन्त्री पाण्डेको भनाइ छ। उनले पर्यटन पुनरुत्थानमा सरकारले प्रयास तीव्र बनाइरहेको उल्लेख गरे।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स