मन्त्री खड्काले भने, “‘टेक एण्ड पे’ को व्यवस्था छिट्टै संशोधन हुन्छ”



उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसद् बैठकमा टेक एन्ड पे व्यवस्थामा संशोधन हुने बताएका छन्। आजको संसद् बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले नेपाल विद्युत् प्राधिकरणको सुझाव अनुसार ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा टेक एन्ड पे व्यवस्थाको संशोधनका लागि अनुरोध पठाएको जानकारी गराए।

उनले भने, “विद्युत प्राधिकरणबाट प्राप्त सुझावअनुसार १० मेगावाटसम्मका साना जलविद्युत आयोजना र विद्युत खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजनाहरूलाई टेक एन्ड पे आधारमा सञ्चालन गर्नु उपयुक्त भएकाले मन्त्रालयले यस व्यवस्था संशोधन गरी अर्थ मन्त्रालयमा पठाएको हो।” यो जानकारी मन्त्रीले बजेट वक्तव्यका क्रममा दिएका थिए।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर