मेन्छियाम हाइड्रोपावर लिमिटेडले पुस २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको ठेगाना परिवर्तन गर्ने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया