मेन्छियाम हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वैशाख २० गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको महाराजगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९:३० बजेबाट सुरु हुनेछ।
सभामा हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा (१०० प्रतिशत) हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, हकप्रद शेयर बिक्रीबाट प्राप्त रकमको उपयोगसम्बन्धी सञ्चालक समितिको निर्णयलाई पनि अनुमोदन गरिनेछ।
यसका अतिरिक्त, सभाबाट पारित प्रस्तावहरू नियमनकारी निकायमा स्वीकृतिका लागि पेश गर्दा कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन आएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।












![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)





![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया