मेन्छियाम हाइड्रोपावर लिमिटेडको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयको स्वामित्वमा रहेको सेयरको लकइन अवधि वैशाख १२ गतेपछि सकिने भएको छ।
कम्पनीमा संस्थापकतर्फ ३७ लाख ९८ हजार ८३ कित्ता, आयोजना प्रभावित स्थानीयमा ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फ २२ हजार ४३९ कित्ता सेयर स्वामित्वमा रहेको छ। आयोजना प्रभावित स्थानीयका लागि कुल ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्काशन गरिएकोमा, ५ लाख ५ हजार ७८० कित्ता सेयरमात्र बाँडफाँड गरिएको थियो भने बाँकी सेयर सर्वसाधारणमा जारी गरिएको थियो।
लकइन अवधि सकिएपछि सम्बन्धित सेयरधनीहरूले आफ्नो सेयर कारोबार गर्न सक्नेछन्। कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल चैत १३ गते आईपीओ बाँडफाँड गरेको थियो र ती सेयर तीन वर्षसम्म लकइनमा रहेका थिए।


प्रतिकृया